शैक्षिक मेलाको सम्पूर्ण तयारी सकियो

नेपालगन्ज, साउन ४ । यहि साउन ४ र ५ गते नेपालगंजको सिद्धार्थ कटेजमा हुने शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

मंगलबार नेपालगन्जमा पत्रकार भेटघाटको आयोजना गरी आयोजकले सबै कार्यक्रम राजधानी केन्द्रित हुनु हुँदैन भन्ने मान्यताका साथ विजनेश प्लस टेलिभिजनले नेपालगंजमा शैक्षिक मेला आयोजना गरेको जनाएको छ । विजनेश प्लसले यो भन्दा अघि विराटनगर, विरगंज र धनगढीमा मेला सफलता पूर्वक सम्पन्न गरिसकेको छ ।

मुलुक संघीयतामा गइसकेको यो अवस्थामा त्यसको कार्यान्वयनको पाटो समेत मजबुत बनाउनु पर्ने भन्दै काठमाण्डौ बाहिरका विभिन्न शहरहरुमा मेलाको आयोजना गरिएको मेला संयोजक डम्बर शाहुले जानकारी दिए । कार्यक्रममा बोल्दै पत्रकार महासंघको केन्द्रिय सदस्य तथा मध्यपश्चिमाञ्चल क्षेत्रिय संयोजक झलक गैरे र बाँके जिल्ला अध्यक्ष ठाकुरसिंह थारुले विजनेश प्लस टेलिभिजनले मोफसलमा शैक्षिक मेला आयोजना गरेर राम्रो काम गरेको बताउँदै आफूहरु पनि सहयोगका लागि तयार रहेको बताए ।
पद्मा मिडिया नेटवर्कको मध्यपश्चिम क्षेत्रिय प्रशारण केन्द्रका प्रमुख क्षेत्रनाथ देवकोटाले फरक विद्यालयका स्टलहरु रहने भएकोले एकै स्थलबाट फरक कलेजका बिषयमा जानकारी लिएर आफूलाई लायक कलेज छनौट गर्न सहज हुने बताए । विराटनगरमा असार २३ र २४ गते, विरगंजमा असारको २७ र २८ गते र धनगढीमा असार ३१ र साउन १ गते मेला सम्पन्न भइसकेको छ । यी मुख्य चार शहरहरु शैक्षिक हब बन्ने सम्भावन बोकेकोले पनि यहाँ शैक्षिक मेला आयोजना गर्नु आवाश्यक रहेको आयोजकले जनाएको छ ।

शैक्षिक मेलामा बिभिन्न बिश्वबिद्यालय र कलेजका गरि जम्मा ३० भन्दा बढी स्टलहरु रहनेछन् भने करिब ५ हजार भन्दा बढी बिधार्थी तथा अभिभाबकहरुले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ । नेपालगन्जको सिद्धार्थ कटेजमा हुने कार्यक्रमलाई माउन्टेन टेलिभिजन र बिजनेस प्लस टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने आयोजकले जानकारी दिएको छ । मेला तोकिएको दिन विहान ९ः३० बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *