भ्यागुते कला

भारतीय जीव वैज्ञानिकहरुको टोलीले लामो अनुसन्धानपछि भ्यागुताको नयाँ यौनआशन पत्ता लगाएका छन् । र, नाउँ दिएका छन्,‘कर्मित सुत्र’ । मुम्बईका ती वैज्ञानिकहरुले दुई बर्ष लगाएर ६ हजार ६ सय प्रजातिका भ्यागुताको यौनक्रिया अध्ययन थालेका थिए । पत्ता लागेको सातौं आशन भालेले पोथीलाई पछाडीबाट च्यापेर गर्ने मैथुन हो ।

मैथुनपछि वीर्य भालेले पोथीको पिठ्युँमै छाडेर हिँड्छ । उक्त विर्य विस्तारै मुजा परेको भागबाट भित्र छिर्छ र पोथीले फुल पारेर गर्भाधान गर्छे । यसअघि वैज्ञानिकहरुले भ्यागुताको ‘कामसुत्र’मा ५ थरि यौनआशनको मात्र व्याख्या गर्ने गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *