‘मैले त्यसो गरेको छैन ।’ के रे ? म सँग प्रमाणसहित फोटो छ

काठमाडौं, साउन ४ । ‘मेरो पार्टीभित्र खेल्ने काम बन्द गर्ने कि नगर्ने ?’ राप्रपा अध्यक्ष कमल थापालाई के गरु कसो गरु भइरहेको बेला एमाले अध्यक्ष केपी ओलीले थापाका नेताहरु किनबेच गर्न थालेपछि उनले सहन सकेनन् । तर,संविधान संशोधनमाथि राप्रपाले समर्थन गरे सजिलै दुई तिहाई बहुमत पुग्ने देखिएपछि ओलीले आफ्नो प्रिय नेता अग्नि खरेललाई बोलाएर यसबारे अह्रोउभरोउ गरेका थिए ।

प्रतिपक्षी एमाले अध्यक्ष ओलीले नेता खरेललाई बोलाएर राप्रपा पार्टीभित्र असन्तुष्ट जनाउँदै आएका सांसदहरुसँग भेटवार्ता मिलाइदिन आग्रह गरेका थिए । ‘यो अराष्ट्रवादी प्रस्ताव कसरी सम्बोधन गर्न सकिन्छ’ भन्दै अध्यक्ष ओलीले खरेलमार्फत राप्रपाका केही सांसदहरुसँग भेटघाट गरेको स्रोत बताउँछ ।

अघिल्लो सरकारमा हल गोरुझै नारिएर काम गरेका उनीहरुबीच अब घमासन युद्ध चल्ने भएको छ ।  अध्यक्ष ओलीले मुसा प्रवृत्ति चालेपछि अध्यक्ष थापाले ‘अब मेरो मन झन् दुखाइदिनु भयो हैन’ भन्दै अध्यक्ष ओलीलाई शब्दको झापट हानेका थिए । तर ओलीले आफूले त्यस्तो हर्कत नगरेको सम्झाउँन नपाउँदै थापाले आफुसँग यसको प्रमाण र तस्वीर रहेको पर्दाफास गरेका थिए । त्यसपछि थापाले राप्रपाभित्र चलखेल कसरी गर्न सक्नुभयो भन्दै फेरि दह्रोगरि प्रश्न गरे ।

सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक संसदमा मतदानका लागि प्रस्तुत गर्दै लाग्दा राप्रपाका १० जना सांसदहरु यसप्रति असन्तुष्टि देखिएका मात्र थिएनन्, बैठकमा अनुपस्थित भएका थिए । यहीँ विषयलाई लिएर ओलीले मौका चौका हान्न खोजेको स्रोतले बतायो । यसरी ‘उनीहरुकै कारण संविधान संशोधनमा बहुमत नपुग्ने भएपछि एमालेले यस्तो चाल चालेका हो ।’

राप्रपाका ती नेताहरुलाई भेट्न अध्यक्ष ओली ,उपनेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलसँगै खरेल पछि पछि लागेर गएको स्रोतले बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *