सिट क्षमताभन्दा बढी यात्रु कोच्ने २ सय सवारी साधन कारवाहीमा

काठमाडौ, जेठ ६ । ट्राफिक प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने टेम्पो तथा माइक्रोमाथि कारवाही सुरु गरेको छ ।

आइतबार काठमाडौ उपत्याकाभित्र मनलाग्दी यात्रु कोचेर गुडेका झण्डै २ सय सार्वजनिक सवारी कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका सह प्रवक्ता मुकुन्द मरासिनीका अनुसार सबैलाई पहिलो पटकका लागि ५ सय रुपैयाँ जरिवाना गरेर छाडिएको छ ।

अपरान्हसम्ममा नै १८९ गाडी कारवाहीमा परेका थिए ।

गृहमन्त्री रामबहादुर थापा ‘बादलले बिहीबार ट्राफिक प्रहरीलाई सिट क्षमताभन्दा बढी यात्रु बोक्ने माइक्रो र टेम्पोलाई ‘अन द स्पट’ कारवाही गर्न निर्देशन दिएका थिए ।

त्यसैअनुरुप ट्राफिकले आइतबारबाट अभियान थालेको हो ।

‘माइक्रोमा १८ जनाभन्दा बढी चढाउन अब पाइँदैन । यात्रुले पनि यो अभियानलाई बुझिदिनुपर्छ,’मरासिनीले भने,’यसले गाडीभित्र यात्रुले पाउने सास्ती कम हुन्छ ।’

यो अभियानले पाकेटमारी नियन्त्रण र सार्वजनिक यातायातमा हुने यौनजन्य दुब्र्याबहारको घटनामा पनि कमी ल्याउने विश्वास गरिएको छ ।

यो अभियानले दुर्घटना पनि कम गर्ने सहप्रवक्ता मरासिनी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =