मुसिकोट–६ द्धारा घरघरमै पुगेर भत्ता बितरण

गुल्मी, साउन ४ । मुसिकोट नगरपालीका वडा नम्बर ६ अर्थात साविकको कुर्घा गाबिसमा नव निर्वाचित जनप्रतिनिधिले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेका छन् । बृद्ध भत्ता, दलित भत्तालगायत अन्य भत्ता टोलटोलमा पुगेर बितरण गरीएको वडाध्यक्ष खड्क बहादुर खड्काले जानकारी दिनुभयो ।

यसैबीच वर्षाको मौसममा बिग्रिएका सडकहरुको मर्मतको लागि मानव श्रोत प्रयोग गरी कार्य सुरु गरिएको छ । डोजर प्रयोग गरेर काम गर्दा धेरै क्षती हुने तथा मानव संसाधान प्रयोग गर्दा कम क्षती हुने र जनताले केही समय भएपनि काम पाउने भएको कारण डोजर प्रयोग नगरिएको वडाध्यक्ष खड्काको भनाइ छ ।

भुवाचिदी हुँदै चितपानी, गन्धारा तथा गुज्र्याङ्गसम्म पुग्ने सडकहरु मर्मत सम्भारको काम पनि मानिस नै प्रयोग गरी हिजोदेखि सुरु गरिएको छ । खड्काले केही दिन स्थानीयबाट माग संकलन गरी काम थाल्नुभएको हो ।  वडाले त्यस वडा भित्र रहेका खरको छानो भएका परिवार तथा उज्यालो बाल्नबाट बञ्चित भएका स्थानीयहरुको घरमा पुगी उनीहरुको विवरण संकलन कार्य पनि सुरु गरेको छ । खरको छानो हुने, बत्ति बाल्न नसक्नेहरु गरीब तथा आर्थिक बाट पीडितहरु मात्रै हुने भएकोले पहिलो प्राथमिकता उनीहरुलाई दिएर राहत प्रदान गरीने जानकारी दिनुभयो ।

गुल्मीकै अर्को समाचारअनुसार सोमबार गएको भिषण पहिरोले अबरुद्ध भएको रीडि रुद्रबेणी वामीटक्सार सडकखण्ड आजदेखि सुचारु हुने भएको छ । सडकखण्ड अन्तर्गत आँपचौरमा गएको भिषण पहिराले सडक अबरुद्ध बनेको थियो । मुसिकोट–५ का वडाध्यक्ष भागीरथ खरेलले दिएको जानकारी अनुसार मर्मतसम्भार गरी आजदेखि सडक यातायात सुचारु हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *