सुदूरपश्चिममा एक वर्षमा १८४ सडक दुर्घटना

कैलाली, साउन ४ । सुदूरपश्चिममा पछिल्लो एक वर्षको अवधिमा एकसय ८४ सडक दुर्घटना भएका छन् । ९ वटै जिल्लामा भएका ती दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमानुका साथै २०६ जना गम्भीर घाइते भएका छन् । गत वर्षको साउन महिनादेखि गएको असार मसान्तसम्म भएका दुर्घटनामा सबैभन्दा बढी कैलालीमा जनाले ज्यान गुमाएका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक खडकसिंह भण्डारीले जानकारी दिनुभयो ।

सबैभन्दा बढी मोटरसाईकल दुर्घटना हुने गरेका छन् । अवधिमा १ सय ८ वटा मोटरसाईकल तथा ३७ वटा यात्रुवाहक बस दुर्घटना भएका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी साधनको संख्या बढेसंगै सवारी दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको प्रहरी निरिक्षक भण्डारीले बताउनुभयो ।

यस्तै यात्रुवाहक सवारी साधनका चालक, विद्यार्थी तथा सर्वसाधारणलाई ट्राफिक नियमबारे प्रशिक्षण दिनेलगायतका जनचेतनामुलक कार्यक्रमहरु पनि गर्ने गरिएको उहाँले बताउनुभयो । यस्तै गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लघंन गर्ने क्षेत्र भरी ४७ हजार ४ सय ३६ सवारी साधन कारबाहीमा परेका छन् । सवारी साधनको कारबाही जरिवानावाफत २ करोड ७५ लाख १३ हजार रुपैया राजस्व संकलन भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *