प्रधानमन्त्री भन्छन्–‘भारतीय फिल्ड अफिस हट्छ’

“
५ जेठ, काठमाडौं । विराटनगर स्थित भारतीय फिल्ड अफिस हट्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भारतीय फिल्ड अफिस हट्ने बताएका हुन् ।
भारतसँगको १९५० को सन्धी पुनरावलोकन गर्ने सहमतिसमेत भएको भन्दै प्रधानमन्त्री ओलीले भने‘ अब भारतसँगको सम्बन्ध नयाँ ढंगबाट शुरु हुन्छ । विराटनगरको फिल्ड अफिस पनि उठ्छ ।’
२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधानहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूताबासले फिल्ड अफिस खुलेको थियो । तर, अझैसम्म यो हटेको छैन ।
नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उक्त फिल्ड अफिस बन्द गर्न पत्र पठाएपनि भारतले कुनै जवाफ नै दिएको थिएन ।
नाकाबन्दी अस्वीकार गरेर भारतलाई एक खालको सहमतिमा ल्याएको भन्दै नेकपा अध्यक्ष ओलीले राष्ट्रिय हितबाहेक आफ्ना अरु कुनै स्वार्थ नभएको बताएका छन् ।
“








