नवीन बनेम लिम्बुको अध्यक्षतामा नेपाल केम्पो खुकुरी मार्सल आर्ट संघ गठन

धरान, जेठ ४ । नबिन बनेम लिम्बुको अध्यक्षतामा नेपाल केम्पो खुकुरी मार्सल आर्ट संघ गठन भएको छ ।

सुनसरीको धरान–१ स्थित उद्योग बाणिज्य संघको सभाहलमा भएको भेलाले लिम्बुको अध्यक्षतामा ९ सदस्यीय सो संघ गठन गरेको हो ।

संघको उपाध्यक्षमा भुपेन्द्र चाम्लिङ, सचिवमा लक्ष्मण भट्टराई कोषअध्यक्षमा प्रमिला तामाङ रहेको नव गठीत अध्यक्ष लिम्बुले जानकारी दिए ।

त्यस्तै सदस्यहरुमा भावना राई, राम कुमार राई, सुमन वनेम, लगायत रहेका छन् ।

जनपक्षिय, वैज्ञानिक तवरले खेलकुद नीतिलाई ब्यवहारमा उतार्न खेलकुदको संघीय ऐन, नियम निर्माणमा प्राथमिकता दिने र बिभिन्न सेमिनार प्रशिक्षक प्रशिक्षण कार्यक्रम, खेलाडी उत्पादन, बिभिन्न प्रतियोगीता गराउने तथा राष्टिय अन्र्तराष्ट्रिय स्तरमा संघलाई पुर्याउने काम गर्ने अध्यक्ष लिम्बुले बताए ।

नेपाल केम्पो खुकुरी मार्सल आर्ट संघका केन्द्रीय अध्यक्ष पुर्ण प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सुनसरी क्षेत्र नम्बर १ की समानुपातिक संसद उमिता बराईली लगायतले आफना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *