कपुर खानदानका पाँचौँ पुस्ता आदर ‘कैदी बंद’ मा देखिँदै

काठमाडौं, साउन ४ । यशराज फिल्मले हालै दुई नयाँ अनुहार आदर जैन र आन्या सिंहलाई लञ्च गरेको छ । दुवै यो ब्यानरको चलचित्र ‘कैदी बंद’ मा देखिनेछन् ।

चलचित्रको पोस्टर रिलिज गरिएको छ । पोस्टरमा आदर र आन्यासँगै अन्य कलाकार पनि देखिएका छन् । यो चलचित्र सांगीतिक हुनेछ । चलचित्रलाई हबीब फैजलले निर्देशन गर्दैछन् । हबीबले यस अघि ‘दो दुनी चार’, ‘इशकजादे’ र ‘दावत ए इश्क’ जस्ता चलचित्रलाई निर्देशन गरिसकेका छन् ।

यो चलचित्र २५ अगस्टमा रिलिज हुँदैछ । ट्रेड एनलिस्ट तरण आदर्शले ट्विटमार्फत चलचित्रका बारेमा जानकारी दिएका छन् । आदर कपुर खानदानका पाँचौँ पुस्ता हुन् ।

अभिनेताका रूपमा उनको यो पहिलो चलचित्र हुने छ । यस अघि आदरले करण जोहरको चलचित्र ‘ऐ दिल है मुस्किल’ मा असिस्टेन्टका रूपमा काम गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *