नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले दुबै कार्यालय अवलोकन गर्ने
२०७४ जेठ १५ गते

“
काठमाडौ, जेठ ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुबै कार्यालय अवलोकन गर्ने भएका छन् ।
एमालेको धूम्रबाराहीमा रहेको र माओवादी केन्द्रको पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालयको अवलोकन गर्न लागेका हुन् ।
यसपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ ।
तत्कालका लागि धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने पार्टीको तयारी रहेको छ ।
यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले धूम्रबाराहीस्थित कार्यालयमा पुगी कार्यभार सुरू गरेका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








