सभामुखद्वारा राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौ, जेठ ४ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा मागेका छन् ।

सांसदहरुको मागलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्न सभामुख महराले सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *