जमपानले विपद् व्यवस्थापनका लागि नेपाललाई ६८ करोड ३२ लाख सहयोग उपलब्ध

काठमाडौ, जेठ ४ । जापानले नेपालको विपद् व्यवस्थापनका लागि ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराएको छ ।

अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मसाशी ओगावाले नेपालको विपद् व्यवस्थापनका लागि जापान सरकारले उपलब्ध गराएको ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको समझदारी पत्रमा सो अनुदान सहायता नेपालको भूकम्पपछिको पुनर्निर्माण, बाढी र पहिरोलगायत विपद् व्यवस्थापनमा खर्च गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदूत ओगावाले नेपालको विपद् व्यवस्थापनका जापान सरकार आवश्यक सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताएका छन् ।

अर्थ सचिव खनालले जापानले नेपालको आर्थिक तथा सामाजिक विकास कार्यक्रमका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =