गैरकानुनी रुपमा सञ्चालन गरिएका कन्सल्टेन्सीमाथि छानबिन, को–को परे त कारबाहीमा ?

चितवन, जेठ ४ । कन्सल्टेन्सीको बजारमा कुन सही कुन गलत विद्यार्थीहरुलाई छुट्याउन मुश्किल पर्छ । नाफा कमाउने होडबाजीमा सञ्चालन गरिएका कन्सल्टेन्सीका कारण विद्यार्थीहरु विदेशमा विभिन्न समस्या झेल्न बाध्य छन् ।

गैरकानुनी रुपमा सञ्चालन गरिएका कन्सल्टेन्सीहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको सुचना पाएपछि जिल्ला प्रशासन कार्यालय चितवनले चितवनका कन्सल्टेन्सीमाथि अनुगमन गरेको छ । जिप्रका चितवनले नारायणगढ र भरतपुर बजार क्षेत्रका कन्सलटेन्सीहरुको अनुगमन गरेको हो ।

जिप्रका चितवनले भरतपुरमा रहेको ह्वाईट हाउस एजुकेशन एकेडेमी, सेन्ट जेभियर्स इन्स्टिच्युट, ह्वाइट हाउस एजुकेशन जोन, एभरग्रिन एजुकेशन प्रालि , सप्तगण्डकी चोकको सि स्टार एजुकेशन कन्सलटेन्सी, एइसिसि ग्लाबल चितवन, जव लिकं र पुल्चोकको एभिन्यु एजुकेशन कन्सलटेन्सी अनुगमन गरेको हो ।

अनुगमनका क्रममा सेन्ट जेभियर्स इन्टिच्युट कारबाहीमा परेको छ । सेन्ट जेभियर्स इन्टिच्युट भरतपुरले अनुमती बिनानै दुई ठाँउमा कक्षा सञ्चालन गरेको भेटिएकाले चितवन मेडिकल कलेज पछाडी रहेको शाखा बन्द गराएको प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । अधिकांस इन्स्टिच्युट दर्ता प्रक्रियामा समस्या देखिएको छ भने उनीहरुले स्टीमेट बिल काटेर नगद लिने गरेको भेटिएको छ ।

जिप्रकामा इन्स्टिच्युटका विषयमा गुनासो आएकोले प्रजिअ को निर्देशनमा कन्सल्टेन्सीमाथि अनुगमन गरी स्टीमेट बिल नियन्त्रणमा लिनुका साथै सम्पुर्ण कागजात सहित जिल्ला प्रशासन कार्यालय चितवनमा हाजिर हुन निर्देशन दिइएको जिप्रका चितवनले जनाएको छ ।

यस्तै नारायणगढको लायन्स चोकमा रहेको सेन्टर फर एग्रिकल्चर रिसर्च एण्ड एजुकेशन विना दर्ता संचालनमा रहेकोले बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । अनुगमनमा पुल्चोकको एभिन्यु एजुकेशन कन्सल्टेन्सिले नक्कली आईएलटिएसको डकुमेन्ट पेश गरी बिद्यार्थीलाई बैदेशिक अध्ययनमा पठाउने काममा सक्रिय रहेको गुनासोका आधारमा अनुगमन गरिएको हो ।

सञ्चालक पाण्डेले ५.५ आएको स्कोर लाई ६ बनाएर कलेजमा एप्लाई गरेको आफैले स्वीकार गरेको जिप्रका चितवनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *