पार्टी एकिकरण खुशीयालीमा सुनसरीको धरानमा दिप प्रज्वलन
मकालु खबर
२०७४ जेठ १५ गते
“
सुनसरी, जेष्ठ ३ । नेकपा माओवदी र नेकपा एमाले पार्टी एकिकरणको खुशीयालीमा सुनसरीको धरानमा दिप प्रज्वलन गरीएको छ ।
राष्ट्रवादी शक्क्ति एकिकरण भएको खुशीयाली मनाउदै बिहिबार बेलुका साढे ६ बजे धरानको भानुचौकमा रहेको लोकतान्त्रीक चौतारीमा दिप प्रज्वलन गरीएको पार्टी एकीकृत हुनुपुर्व नेकपा माओवादी धरान नगर ईन्चार्ज अहिन्द्र बिक्रम बेघाले जानकारी दिए ।
सो दिप प्रज्वलन धरान उपमाहनगरपालिका मेयर तारा सुब्बा, एमालेका प्रचार प्रसार सम्योजक राजमणी निरौला र माओवादी पार्टीका धरान नगर ईनचार्ज अहिन्द्र बिक्रम बेघा, नगर अध्यक्ष चोत्लुङ लगायतका जिल्ला तथा नगरका नेताहरुले संयुक्त रुपमा गरेका हुन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित