पेट्रोलियम पदर्थको मुल्य वृद्धि फिर्ता लिनु पर्ने माग गर्दै नेवि संघ प्रदर्शनमा

काठमाडौ, जेष्ठ ३ । कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी  (नेवि) संघले सरकारले गरेको पेट्रोलियम पदर्थको मुल्य वृद्धिले जनताको दैनिकीमा प्रत्येक्ष असर परेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

बिहिबार दिउँसो प्रर्दशनीमार्गमा सकारले गरेको पेट्रोलियम पदर्थको मुल्य वृद्धि तत्काल फिर्ता लिनु पर्ने माग गर्दै नेपाल विद्यार्थी (नेवि) संघ  प्रदर्शनीमा उत्रेको हो ।

प्रदर्शनमा नेवि संघका सभापति नैनसिंह महरले जनतालाई चपेटामा पर्ने गरी समय समयमा हुने पेट्रोलियम पदर्थको मुल्य वृद्धि फिर्ता नगरे नेवि संघ देशभरबाट नै प्रर्दशनीमा उत्रिने सरकारलाई चतावनी दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले तीन महिनाको अवधिमा चार पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *