तामाको भाडामा राखेको पानी पिउनुको अपत्यारीलो चमत्कार !

“
हाम्रो शरिरलाई नभइ नहुने तरल पदार्थ हो पानी । हामीले पानी नियमित रूपमा पिउने गर्छौ, तर पानी पिउनुका फाइदाहरूबारे हामीमध्ये धेरै नै निकै अनभिज्ञ नै छौ । मानिसलाई स्वस्थ रहनका लागि दिनमा कम्तिमा ८–१० गिलास पानी खानै पर्छ । आयुर्वेदमा भनिएको छ की बिहान तामाको भाँडोमा राखिएको पानी पिउनु निकै लाभदायक हुन्छ । तामाको भाँडोमा राखिएको पानी पिउनाले शरिरको कयौ रोगहरू बिना औषधी नै ठिक हुन्छ । साथै, पानीले शरिरको विषलाई समेत बाहिर निकाल्न सक्ने हुनाले पनि पानीको नियमित र प्रचुरमात्रामा प्रयोग आवश्यक हुन्छ ।
तामाको भाँडामा कम्तिमा ८ घण्टा राखिएको पानी निकै लाभदायक हुन्छ । जुन मानिसहरूलाई कफको समस्या बढि हुन्छ, उनीहरूले पानीमा तुलसीको केही पात राखेर पानी पिउनु राम्रो हुन्छ । तामाको भाँडामा राखेको पानी खानुको फाईदा केही मानिसलाई मात्र थाहा छ । तामाको भाँडामा राखेको पानी खानुका केही फाइदाहरू यस्ता छन् ।
१. पानी धेरै पिउने मानिसको छालामा हुने चाउरीपना कमी आउँछ । मृत छालाहरू शरिरबाट चाडो निस्किने हुनाले छाला मुलायम र राम्रो देखिन्छ ।
२. लथाइरोक्सिन हर्मोनको असन्तुलनको कारण थाइराइडको बिमारी हुने गर्छ । थाइराइडको प्रमुख लक्षण तिव्र रूपले तौल बढ्नु या घट्नु, धेरै थकाइ लाग्नु, आदि हुन् । थाइराइड विशेषज्ञका अनुसार तामाको भाँडामा राखिएको पानीले थाइरोक्सिन हर्मोनलाई सन्तुलित गर्छ । यसले ग्रन्थीको कार्यप्रणालीलाई समेत नियन्त्रित गर्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले रोगको नियन्त्रण गर्न मद्धत गर्छ ।
३. आजकल धेरै मानिसहरूलाई कम उमेरमा नै जोर्नी दुख्ने समस्याले सताउने गर्छ । यस्तो अवस्थामा पनि तामाको भाँडामा राखिएको पानी पिउनु फाइदाजनक हुन्छ । तामामा राखिएको पानीले शरिरमा रहेको युरिक एसिडलाई कमी गर्न सहयोग गर्छ र केही आराम पाउन सकिन्छ ।
४. मानिसले आफ्नो राम्रो छालाको लागि विभिन्न किसिमका कस्मेटिक सामानको उपयोग गर्ने गर्छन् । उनीहरू राम्रो कस्मेटिक सामानको प्रयोगले छाला राम्रो हुन्छ, तर यो साँचो होइन । छालामा सबैभन्दा धेरै प्रभाव दैनिक खानपानले पार्ने गर्छ । त्यसैले यदी तपाई छालालाई स्वस्थ बनाउन चाहनुहुन्छ भने तामाको भाँडामा राखिएको पानी बिहानीपख पिउनु राम्रो हुन्छ । नियमित रूपले यसरी नै पानी पिउने गरे छालामा चाउरीपनामा कमी आउने र चमकतामा बृद्धी हुन्छ ।
५. एनीमिया वा रगतको कमी एउटा यस्तो समस्या हो जसले ३० वर्षभन्दा बढि उमेरका महिलालाई निकै दुःख दिने गर्छ । तामाको भाँडामा राखिएको पानीले आवश्यक पोषक तत्व अवशोषित गर्ने कार्य गर्छ । यस कारण तामाको भाँडामा राखिएको पानी पिउनाले रगतको कमी या विकारलाई हटाउने काम गर्छ ।
६. तनावका कारण आजकल मानिसमा मुटुको रोगको समस्या निकै धेरै देखिएको छ । तनावका कारण मानिसमा मुटुको समस्या निकै तिव्र रूपले बढ्दै गएको छ । तनावमा धेरै रहने मानिसले पनि तामाको भाँडामा राखिएको पानी पिउनु स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक हुन्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरिरमा रक्तसञ्चार निकै सहज र सुचारू हुन्छ । यसले कोलस्टेरोललाई नियन्त्रित गर्छ र मुटुको रोगलाई कम गर्न मद्धत गर्छ ।
७. क्यान्सर हुन सक्ने सम्भावनालाई कम गर्नका लागि पनि तामाको भाँडामा राखिएको पानी पिउनु फाइदाजनक हुन्छ । तामाको भाँडामा राखिएको पानी पिउँदा पित्त, कफको समस्यामा कमी आउँछ । पानीमा एण्टी–अक्सिडेन्ट पनि हुने गर्छ, जसले यो रोगबाट लड्ने शक्ति प्रदान गर्छ । अमेरिकी क्यान्सर समाजले तामाले कयौ तरिकाले क्यान्सरको बिरामीलाई फाइदा पुर्याउने बताउँछन् ।
“








