एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा नौँ सदस्यीय सचिवालय गठन

काठमाडौ, जेठ ३ । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय सचिवालय गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

स्रोतकाअनुसार विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी भएको छ ।

सोहि सचिवालयमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहने भएका छन् ।

त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

संगठनको काम गर्ने जिम्मेवारी सहित पौडेललाई महासचिवको जिम्मेवारी दिन लागिएको स्रोतले जनाएको छ ।

एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् ।

यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ भने कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *