मदन भण्डारी स्मृति दिवसः साँझ सालिकमा दीप प्रज्वलन गर्ने प्रचण्डको तयारी

काठमाडौँ, जेठ ३ । मदन भण्डारी स्मृति दिवसका दिन पार्टी एकता घोषणा गरेका प्रचण्ड र ओलीले बिहिबार साँझ मदन भण्डारी सालिकमा दिप प्रज्वलन गर्ने भएका छन् ।

बिहीबार विहानै मदन भण्डारीको शालिकमा माल्यार्पण गरेर मदन मदन आश्रति स्मृति दिवसकै दिन पार्टी एकता गर्ने प्रस्ताव आफ्नै रहेको खुलासा गर्दै प्रचण्डले साँझ मदनको स्मृतिमा दीप प्रज्वलन गर्ने भएका हुन् । उनले मदन भण्डारी स्मृति दिवसकै दिन पार्टी एकता गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

पार्टी एकीकरण सकेर प्रचण्ड कोटेश्वरस्थित मदन भण्डारी बाटिकामा पुग्ने स्रोतले जनाएको छ । दिप प्रज्वलनको व्यवस्थापन एमालेको स्थानीय ३५ नम्बर वडा कमिटीले गरेको छ । कोटेश्वर महादेवस्थान मन्दिर नजिकको बाटिका केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए ।

प्रचण्डले मदन भण्डारीप्रति अतिरिक्त श्रद्धाभाव देखाउनुको पछाडि एमाले पंक्तिको मन जित्ने रणनीति मानिएको छ ।

एमालेमा मदन भण्डारी र उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका अनुयायीहरुको ठूलो पंक्ति छ । एकीकृत पार्टीका एक अध्यक्षको हैसियतमा साबिक एमाले पंक्ति र मदन भण्डारीका अनुयायीहरुको मन जित्न प्रचण्डले चाहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *