अखिल (अनेरास्ववियु)को केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौ, जेठ ३ । पार्टी एकता घोषणा हुने भएपछि एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

शुक्रवार शुरु हुन लागेको केन्द्रीय कमिटी बैठक पार्टीको निर्देशनपछि स्थगित भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिएका छन् ।

अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले किर्तिपुरमा गर्ने तय भएको थियो ।

बैठकका लागि देशभरबाट विद्यार्थी नेताहरु काठमाडौ आइसकेको बेला पार्टी निर्देशन अनुसार स्थगित भएको हो ।

अनेरास्ववियुको महाधिवेशन भएको ३ वर्ष पुगेको छ । नयाँ नेतृत्व चयनका लागि महाधिवेशन गर्नुपर्ने भए पनि पार्टीले सबै संगठनका महाधिवेशनमा रोक लगाएका कारण केन्द्रीय कमिटीबाट अध्यक्ष चुन्ने तयारी थियो ।

अखिल अध्यक्ष नविना लामा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनले संगठनको नेतृत्वबाट बिदा लिने घोषणा गरेकी थिइन् ।

अखिल अध्यक्षका लागि उपाध्यक्ष रश्मी आचार्य, महेश वर्तौला र महासचिव ऐन महरले दावी गरिरहे बेला पार्टीले बैठक स्थगन गरेको हो ।

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *