कास्मिरमा भारतको एकतर्फी युद्धविराम घोषणा
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ ३ । भारत सरकारले विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुस्लिम समुदायको एक महिने पर्व रमजानको अवधिभर कास्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतले घोषणा गरेको हो ।
केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र कास्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको ट्वीटमार्फत् जानकारी दिनु भएको छ ।
उहाँले भारतको निर्णयले शान्तिपूर्ण वातावरणमा रमजान पर्व मनाउन त्यस क्षेत्रका मुस्लिम समुदायलाई सघाउ पु¥याउने विश्वास लिइएको बताउनु भएको छ । भारत नियन्त्रित कास्मिरका मुख्य मन्त्री मेहबुब मुफतीले केन्द्रीय सरकारको निर्णयको स्वागत गर्नु भएको छ । कास्मिरमा सन् १९८९ देखि भारत र पाकिस्तानबीच बीच संघर्ष भइरहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








