राजघरानाकी सदस्य शाहले किन पाईनन् नागरीकता ?

काठमाडौँ । तत्कालीन राजपरीवार सदस्यलाई नै अहिले नेपालको नागरीकता लिन समस्या भएको छ भन्दा अनौठो लाग्न सक्छ तर तत्कालिन अधिराजकुमार धिरेन्द्रकी छोरी श्रेया राज्यलक्ष्मी शाहले नागरिकता पाउँ भन्दै दौडिएकी महिनौँ बितीसक्यो ।

८ बर्षको उमेरमा नै नाबालक परीचय पत्रको आधारमा राहदानी बनाएर आमा जया पाण्डे शाहसँग अमेरीका पुगेकी श्रेयालाई अहिले एमआरपी पासपोर्ट चाहिएको छ । जसका लागि नेपाली नागरीकता अनिवार्य छ ।

उनी नेपालको तत्कालीन राज परीवारको सदस्य भएर पनि काठमाडौ महानगरपालिका ३ न वडा कार्यालयले सिफारीस नदिएको कारण उनको नागरीकता बनेको छैन । नेपालीको पहिचानमै जिउन आँफुले अमेरीकी नागरीकता समेत नलिएकी उनी अहिले बिदा मनाउन नेपाल आएपछि फर्किन पाएकी छैनन् । उता उनको कलेज सुरु भएको छ भने यता नागरीकता नपाउँदा मानसिक तनाव छ ।

उनी पटक पटक कामाडौं महानगर पालिका ३ का वडा अध्यक्ष दिपक केसीलाई भेट्न वडा कार्यालय गहिरहन्छिन तर उनको जवाफ तिमी धिरेन्द्रको छोरी हैन सिफारीस दिन मिल्दैन भन्दै हकारेर पठाउँछन् ।

यो बिषयमा हामीले वडा अध्यक्ष दिपक केसीसँग बुझ्दा कानुनी रुपमा उनका बुवा धिरेन्द्र र आमा जया श्रीमान श्रीमती हुन भन्ने नदेखिएपछि सिफारीस दिन नसकिएको बताउँने गरेका छन् ।
तर धिरेन्द्रले २०४४ सालमा नै जया पाण्डेसँग मन्दिरमा बिहे गरेका थिए । त्यसको एक बर्षपछि २०४५ साल असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा श्रेयाको जन्मभएको थियो । अस्पतालले दिएको बर्थ सर्र्टीफिकेटमा आमाको नाम जया पाण्डे र बाबुको नाम धिरेन्द्र विर विक्रम शाह उल्लेख गरीएको छ ।

यती मात्रै होइन उनले पढेको रातो बंगला स्कुलको रेर्कडमा समेत बाबु धिरेन्द्र विर विक्रम शाह र आमा जया शाह उल्लेख गरीएको छ । उनका बाबु धिरेन्द्र शाह दरबार हत्याकाण्डमा ज्यान गुमाएका थिए । छोरी ठुली भै अब सँगै बसौँ भनेर अमेरीका बाट श्रेया र जया फर्किने तयारी गर्दा गर्दै यता दरबार हत्याकाण्ड भएको थियो ।

खाटा बस्न लागेको कहाली लाग्दो इतिहासको घाउ, बाबु जिवित नभएकै कारण नागरीकता नपाउँदा अहिले दिन रात चस्की रहेको छ श्रेयालाई ।

नागरिता पाउनु भन्दा बढी पीडा श्रेयालाई त्यतीबेला भयो जव उन्लाई तिमी धिरेन्द्रकी छोरी नै होईन भनियो । अहिले आँफु धिरेन्द्रकी छोरी प्रमाणित गर्न डिएनए टेष्ट गराउन पनि तयार रहेको बताउँछिन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *