कैलालीमा बस दुर्घटना १४ घाईते (घाईतेहरुको नामावलीसहित)

कैलाली, जेष्ठ १ । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ पुर्व पश्चिम राजमार्गको वढैपुर मा ना ५ ख ३३७३ नम्बरको मालिका यातायातको बस दुर्घटना भएको छ । मंगलबार  भएको दुर्घटनामा १४ जना घाइते भएका छन् । बसमा ३३ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अतरियाबाट काठमाडौं जानेक्रममा तिब्र गतिमा गुडिरहेको बस चालकले नियन्त्रण गर्न नसकेपछि दुर्घटना भएको यात्रुको भनाई छ।
घाईतेहरुको नामावली
१ निरुता चौधरी बर्ष २२ गौरीगंगा नगरपालिका वडा नं ११ कैलाली
२ प्रेमराम पार्कि ५८ दशरथ चन्द नपा ११ बैतडी
३ नर बहादुर बोहरा ३० गोदावरी नपा ५ कैलाली
४ आमा छोरा कलावती बोहरा ३० र अन्जन बोहरा ५ गोदावरी नपा कैलाली
५ कर्ण बहादुर बुढा मगर ३८ जयकेदार गापा २ डोटी
६ दुर्गा पुनमगर ६० अलिताल गापा १ डडेलधुरा
७ किरण बोहरा
८ टेकेन्द्र चन्द लेकम गापा लाली दार्चुला
९ पदम थापा ४० आलिताल गापा ६ डडेलधुरा
१ उदव पार्की ४० सिमचौर ४ बैतडी
१ महादेव चन्द २० पाटन ३ बैतडी
१ सुनिल कार्की ३० भिमदत्त नगरपालिका १ कञ्चनपुर
१ डम्बर विक २७ चुरे गापा ३ कैलाली
जानकारी स्रोत
ईलाका प्रहरी कार्यालय मसुरिया

घाईतेहरुको आर्मी अस्पताल बढैपुर र सौगात किल्निक बढैपुरमा सामान्य उपचारपछि थप उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *