केपी शर्मा ओली र सिके राउत एउटै सिक्काका दुईवटा पाटा : राजेन्द्र श्रेष्ठ

काठमाडौं, साउन ३ ।  संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली र सिके राउत एउटै सिक्काका दुईवटा पाटा भएको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सह–अध्यक्ष श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । उनले भने, “सिके राउत र केपी ओली एउटै सिक्काका दुईवटा पाटा हुन्, एमाले सत्तामा आए देश टुक्रिन्छ, एमालेले अहिले डबल स्ट्याण्ड देखाईरहेको छ, शान्तिपूर्ण निकासको बाधक एमाले हो ।”

उनले अघि थपे, “एउटाले अनन्य राष्ट्रवादको नाममा देश विभाजनतिर लाने, आफ्नै देशको नागरिकलाई अर्काको भन्न खोज्ने, जस्तो गोर्खाल्याण्ड भन्दा एमालेहरुले ताली बजाएको देख्छु, अनि यहाँ चाहीँ थरुहट प्रदेश हुनुपर्यो, मधेश हुनुपर्यो या चाहीँ लिम्बुवान हुनुपर्यो भन्दा चाहीँ खालास भारतीय दलाल भन्ने, लाज लाग्दैन यसो भन्न, यो डबल स्ट्याण्ड हो ।”

बोल्दै उनले एमाले यो युगकै सबैभन्दा प्रतिगामी पार्टी भएको समेत आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *