उपराष्ट्रपति चिल्ड्रेन गेम्स हुने

काठमाडौँ, जेठ १ । जिल्ला खेलकुद विकास समिति काठमाडौँले ‘जिल्लास्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्स’ आयोजनामा गर्ने भएको छ ।
यही जेठ ५ गतेदेखि हुने उक्त प्रतियोगितामा कराते, तेक्वान्दो, उसु र एथलेटिक्समा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी दिए ।

कराते र तेक्वान्दोमा समान ८–८, उसुमा ६ तथा एथलेटिक्समा १० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

एकदिने उक्त प्रतियोगिताका खेलहरु राष्ट्रिय खेलकुद परिषद्को हातामा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब र एक लाख ८० हजार खर्च लाग्ने आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी दिए।

यसै प्रतियोगिताबाट जेठ ७ र ८ गते काठमाडौँमै हुने प्रदेश नं ३ स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि पनि खेलाडी छनोट हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *