हेर्न लायक छ त ‘पण्डित बाजेको लौरी’ ? (टिजरसहित)

दिपक ओलीको निर्देशनमा रहेको चलचित्र ‘पण्डित बाजेको लौरी’ को टिजर सार्वजनिक भएको छ । चलचित्रमा पण्डितबाजेको गज्जबको चतुर्याइँ हेर्न सकिन्छ । चलचित्र साउन ४ गतेबाट रिलिज हुने भएको छ । विजय बराल र सन्ध्या केसी ‘बादी र बदिनी’ को  मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा थमनकुमार भण्डारी र किशोर खड्काको लगानी रहेको छ ।

उक्त चलचित्र अधृत फिल्म्स्को प्रस्तुतिमा तयार भएको हो । चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, बिजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र बीक, बिशाल पहारी, कुलदिप अधिकारी मुख्य भूमिकामा छन् ।

यो चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, विदुर गिरीको छायांकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ ।

निर्देशकका अनुसार चलचित्रमा समाजले तल्लो जात भनेर हेप्ने गरेकी महिला र समाजको ठूलो जात पण्डितबिचको सम्बन्धलाई प्रस्तुत गरिएको छ ।

https://youtu.be/jXlY1xMLtIY”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =