नुवाकोट, बर्दिया र दोलखामा खोलामा डुबेर तीन जना बेपत्ता

काठमाडौं, साउन ३ । नुवाकोट, बर्दिया र दोलखामा खोलामा डुबेर तीन जना बेपत्ता भएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशुली खोलामा बालुवा निकाने क्रममा सोही ठाउँ बस्ने सिन्धुली घर भएका १६ वर्षीय राजु लामा मंगलबार खोलाले बगाई बेपत्ता भएका छन् । बालुवा ठेकेदार रामनाथ राईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, बर्दिया ठाकुरबाबा नगरपालिका–३ मानपुल बस्ने पूर्ण एडीको १२ वर्षीया छोरी सपना एडी मंगलबार घरबाट बाख्रा चराउन गएको अवस्थामा धोबीनाल नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी छिन् ।

यसैगरी, दोलखा भिमेश्वर नगरपालिका–५ तामाकोशी बजारमा बस्ने २६ वर्षीय सानुभाई श्रेष्ठले मंगलबार तामाकोशी पुलबाट तामाकोशी नदीमा हाम फाल्दा बेपत्ता भएका छन् । स्थानीय प्रहरीले उनीहरुको खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *