प्रधानमन्त्रीलाई प्रदेश २ को समृद्धिका लागि विशेष अभियान संचालन गर्न आग्रह

काठमाडौ, जेठ १ । समृद्धिका लागि विशेष अभियान संचालन गर्न प्रदेश २ का सांसदहरुले सरकारसँग आग्रह गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेका बेला प्रदेश २ का सांसदहरुले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक भेटगरी प्रदेश २ को समृद्धिका लागि विशेष अभियान संचालन गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका प्रदेश २ का सबै दलका सांसदहरुले समृद्धिका लागि ‘तराई मधेश समृद्धिमा प्रधानमन्त्री अभियान’ संचालन गर्न आग्रह गरेका थिए ।

‘तराई मधेश समृद्धिमा प्रधानमन्त्री अभियान’ नै संचालन गर्न प्रधानमन्त्री ओलीलाई लिखित आग्रह गरिएको प्रदेश २ बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका सांसद सुमन प्याकुरेलले जानकारी दिएका छन् ।

उनले कृषि क्षेत्रको सुधार र चुरे संरक्षणमा जोड नदिए तराई, मधेशमा भयावह अवस्था सृजना हुने कुुरातर्फ पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराइएको बताएका छन् ।

सांसदहरुले नदी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण कार्यलाई तीव्रता दिन पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

तटबन्ध निर्माण कार्यलाई तीव्रता दिएर बाढी र डुबान समस्या सदाका लागि अन्त्य गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको प्रतिनिधिसभाका सांसदहरुले बताएका छन् ।

तराई, मधेशको शिक्षा, खानेपानी, सिँचाईलगायतका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री ओलीले बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =