एमाले र माओवादी केन्द्रबीच अविश्वासको खाडल बढ्यो

काठमाडौं, जेठ १ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ । गत असोज १७ गते पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेका दुई पार्टीबीच सात महिनासम्म एकता त भएको छैन नै, सम्बन्धसमेत चिसिँदो अवस्थामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी सशंकित भएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको पेल्ने प्रवृत्तिबाट माओवादी अध्यक्ष दाहाल तर्सिएका छन् । दुई पार्टीबीच अविश्वास बढ्नुमा प्रधानमन्त्रीको कार्यशैली नै कारक रहेको माओवादी नेताहरु बताउँछन् ।

यहीबीचमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि दाहाल थप असन्तुष्ट रहेको स्रोत बताउँछ । ओलीले मोदीलाई नागरिक अभिनन्दनका क्रममा चाकडी गरेको र भारतसँग लम्पसार परेको माओवादीको ठहर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *