प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

२०७४ जेठ १५ गते

“
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । लामो समयदेखि आफ्नो निजी सचिवका रुपमा रहेका भानुलाई आज प्रधानमन्त्री देउवाले प्रमुख स्वकीय सचिवमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्री देउवाले आजै वीरेन्द्र थापालाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले यसअघि परराष्ट्र सल्लाहकारमा डा दिनेश भट्टराई, प्रेस संयोजकमा गोविन्द परियार र स्वकीय सचिवमा केशव जोशीलाई नियुक्त गरिसकेका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित