दिब्य रोशनीको १४ औ बार्षिक उत्सवमा ४ जनालाई सम्मान

सुनसरी, बैशाख ३१ । सुनसरीको धरानमा महिलाद्धारा सम्पादीत प्रकाशित दिब्य रोशनी साप्ताहिक पत्रिकाको १४ औं वार्षिक उत्सव सोमबार एक भब्य कार्यक्रमका बीच सम्पन्न भएको छ ।
साप्ताहिकले सामाजिक क्षेत्रमा कार्यरत एक र पत्रकारिता मार्फत् योगदान दिने तीन जना सुनसरीमै कार्यक्षेत्र बनाएर काम गर्दै आएका पत्रकारहरुलाई सम्मान समेत गरेको छ ।

सामाजिक क्षेत्रबाट बिद्याकी देबी सरस्वतीकी प्रतिकको रुपमा समाजमा रहि योगदान दिए बापतको ज्ञान चक्षु बिद्यालय धरान १५ की शिक्षिका बिद्या शाक्यलाई सम्मान पत्रले सम्मानित गरेको हो । भने पूर्व गोर्खा सार्जन्ट प्रभुराम राई सामाजिक पत्रकारिता पुरस्कारबाट फास् राष्ट्रिय दैनिकका सम्पादक तथा पत्रकार महासघ सुनसरीका पुर्व अध्यक्ष केशव घिमिरे र गणतन्त्र एफ एम धरानमा सामाचार शाखामा कार्यरत्त रिता मोक्तान लाई नगद ५ हजार १ सय रुपैया सहितले सम्मानित गरिएको हो ।

त्यस्तै बाचुन राई सिर्जनशील पत्रकारिता पुरस्कार प्रबोध साप्ताहिकका सम्पादक गमबहादुर लम्जेल (संघर्षशील) लाई प्रदान गरिएको छ । उनलाई पनि नगद ५ हजार १ सय रुपैयासहित सम्मान पत्रले सम्मानित गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपािलकाकी उप प्रमुख मंन्जु भण्डारी सुबेदी तथा दिब्य रोशनी साप्ताहिककी सम्पादक प्रकाशक मनिता चाम्लिङ राईले सम्मान पत्र सहित नगद रकम हस्तान्तरण गरेका थिए ।
साथै सोही कार्यक्रममा सम्मानितहरुको तर्फबाट केशब घिमिरे,बिशिष्ट अतिथी पत्रकार महासंघका संस्थापक गिरीराज आचार्य,बरिष्ठ पत्रकार हर्ष सुब्बा लगायतले बोलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *