मकवानपुरको खानीगाउँमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३४ घाईते

मकवानपुर, साउन ३ – मकवानपुरको थाहा नगरपालिका–१ खानीगाउँमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ३४ जना घाइते भएका छन् । डाँडाबासको पकनीबाट काठमाडौंका लागि छुटेको ना ४ ख ४५६७ नम्बरको यात्रुबाहक बस खानीगाउँमा सडकबाट झण्डै एकसय मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो ।

ज्यान जानेमा कैलाश गाउँपालिका–६ गोगनेकी ३५ वर्षका कमला दोङको रहेकी छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी बामदेब गौतमले बताउनुभयो । अर्का एकजनालाई उपचार गर्न काठमाडौं लैजाने क्रममा ज्यान गएको हो ।

उनको नाम खुल्न सकेको छैन । घाइते मध्ये १८ जनालार्ई उपचारका लागि काठमाडौं लगिएको छ । १६ जना घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *