जनकपुरमा राष्ट्रिय झन्डा बिगारिएकोबारे मन्त्री लालबाबुले मागे तीन दिने स्पष्टिकरण

काठमाडौँ, बैशाख ३१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनकपुरमा राष्ट्रिय झन्डा बिगारिएकोबारे सम्वद्ध अधिकारीहरुसँग स्पष्टिकरण मागेको छ।

मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णय गरेर झन्डाको स्वरूप कसरी बिग्रियो, त्यसमा कोको जिम्मेवार छन्, भन्ने स्पष्टिकरण दिन सोमबार प्रदेश २ का मुख्य सचिवसहित सरकारी अधिकारीहरुसँग स्पष्टिकरण मागेका हुन् ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टिकरण माग गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किट र जनकपुर-अयोध्या सिधा बस सेवाको उद्घाटन गर्ने कार्यक्रममा राखिएको नेपालको झन्डाको स्वरूप बिगारिएको थियो। वैशाख २८ गते दुबै प्रधानमन्त्रीले सो कार्यक्रमलाई सम्बोधन पनि गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *