वडाअध्यक्ष विरुद्ध बलात्कारको आरोपमा उजुरी

नवलपरासी, वैशाख ३१ । तनहुँको घिरिङ गाउँपालिका ४ का वडाअध्यक्षमाथि बलात्कार आरोप लागेको छ ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको डेढगाउँकी एक महिलालाई वडाध्यक्ष झकबहादुर कुमालले जबरजस्ती गरेको भन्दै प्रहरीकोमा उजुरी परेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले घटनाको अनुसन्धान भइरहेको र आरोप प्रमाणित भइ नसकेको बताएका छन् ।

श्रीमानले विदेशबाट पठाएको रकम बैंकबाट झिकेर फर्कने क्रममा गत वैशाख २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगि वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको महिलाको दावी छ ।

उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । उक्त उजुरी तनहुँले नवलपुर प्रहरी कार्यालय कावासोतीमा पठाएको थियो ।

नवलुरका प्रहरी प्रमुख जिसीले वडा अध्यक्षलाई नियन्त्रणमा लिई नवलपुर पठाउन तनहुँमा पत्राचार गरेको बताएका छन् ।

पीडित महिलाले करणीसम्बन्धी मुद्दामा शनिबार जाहेरी दिएको नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =