प्रदेश ५ः संसदको दोस्रो अधिवेशन आजदेखि, के के छन् त छलफलका विषय ?

बुटवल, वैशाख ३१ । प्रदेश ५ संसदको दोस्रो अधिवेशन आजदेखि शुरु हुने भएको छ । पहिलो अधिवेशन अन्त्य भएको ५ दिनपछि दोस्रो अधिवेशन शुरु हुन लागेको हो । अधिवेशनमा मुख्यमन्त्रीले विनियोजन विधेयक पेश गर्नेछन् ।

प्रदेश ५ को प्रदेशसभा सचिवालयले सोमबार अपराह्न १ बजे दोस्रो अधिवेशनको पहिलो बैठक डाकिनुका साथै दोस्रो अधिवेशनको पहिलो वैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी विधेयक पेश हुने कार्यसूची रहेको छ । विधायन समितिले सुविधासम्बन्धी विधेयकको प्रतिवेदन बुझाएपछि निर्णयार्थ पेश हुन लागेको हो ।

यस्तै आर्थिक वर्ष २०७५ र ७६ का लागि तयार गर्न विनियोजन विधेयक २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिका प्रस्तावहरु आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले पेश गर्नेछन् ।

समय निर्धारण गरी विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल शुरु हुने कार्यसूची रहेकोे प्रदेशसभा सचिव मानबहादुर विकले जानकारी दिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *