क्याम्ब्रिजको शैक्षिक सेमिनार सम्पन्न


“
काठमाडौं ३ साउन । क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजी र भारतको सिमलास्थित एपी गोयल सिमला युनिभर्सिटी र क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीको सहकार्यमा शैक्षिक सेमिनार सम्पन्न भएको छ ।
विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोडस्थित क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीको कार्यालयहरुमा सेमिनार सम्पन्न भएको हो । उच्च शिक्षा अध्ययन गर्न भारतको सिमलास्थित एपी गोयल सिमला युनिभर्सिटी जाने नेपाली विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृत्तिसहित भर्ना गरिने उद्देश्यले आयोजित सेमिनारमा पाँच जना विद्यार्थीहरुले स्पोट एडमिसन गरेको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका पूर्वाचल प्रमुख निश्चल सिंखडाले बताए ।
सेमिनारमा एपी गोयल सिमला युनिभर्सिटीका इन्टरनेशनल एडमिसन डाइरेक्टर डा. अजित नेटुङगढी र डेपुटी डाइरेक्टर रवि त्यागीले विद्यार्थीहरुको जिज्ञासा समाधान गरेका थिए । सेमिनारमा सहभागी विद्यार्थीहरुले ब्याचलर तहको चार वर्षे होटेल मेनेजमेन्ट विषयमा बढी रुची देखाएको बताइएको छ ।
युनिभर्सिटीमा अध्यापन हुने ब्याचलर तहको चार वर्षे होटेल मेनेजमेन्ट विषयमा अध्ययन गर्ने विद्यार्थीलाई दुई वर्ष अध्ययन गरेपछि बाँकी दुई वर्षको कोर्षका लागि अस्ट्रेलिया गएर अध्ययन गर्न पाउने सुविधा समेत युनिभर्सिटीले उपलब्ध गराएपछि उनीहरुको रुची बढेको डेपुटी डाइरेक्टर रवि त्यागीले बताए । त्यस्तै युनिभर्सिटीले उक्त विषयका लागि अस्ट्रेलियाको विश्व प्रसिद्ध कलेज आइसिएचएमसँग सम्झौता गरेको र एपी गोयल सिमला युनिभर्सिटीमा अध्ययन गर्ने विद्यार्थी, शिक्षकहरूले आइसिएचएमका विद्यार्थी, शिक्षकसँग विभिन्न अनुसन्धान, रिसर्च तथा सोधपत्रहरु आदान प्रदान समेत गर्न सकिने एडमिसन डाइरेक्टर डा. अजित नेटुङगढीले बताए ।
सेमिनारमा विद्यार्थीहरुले बिटेक इन कलाउड टेक्नोलोजी एण्ड इन्फर्मेशन सेक्युरेटी सिस्टममा समेत रुची देखाएको बताइएको छ ।
एपी गोयल सिमला युनिभर्सिटीमा इञ्जिनियरिङ हस्पिटालिटी एण्ड टुरिजम मेनेजमेण्ट, होटेल मेनेजमेण्ट, फेसन डिजाइन, एग्रीकल्चर, ल जस्ता विषयहरू अध्यापन गराइने एडमिसन डाइरेक्टर डा. अजित नेटुङगढीले बताए ।
सेमिनारमा सहभागी र अन्य विद्यार्थीहरु आगामी साउन २० गते उक्त युनिभर्सिटी प्रस्थान गर्ने बताइएको छ । पछिल्लो समय उच्च शिक्षा अध्ययन गर्न नेपाली विद्यार्थीहरु एपी गोयल सिमला युनिभर्सिटीमा जानेक्रम पनि बढेको छ । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडाका अनुसार भिषा नचाहिने, आर्थिक ब्ययभार कम पर्ने, भाषा तथा वातावरणीय अनुकुलताले पनि नेपाली विद्यार्थीहरूलाई सिमलास्थित एपी गोयल सिमला युनिभर्सिटी राम्रो गन्तब्य बनेको छ ।”
