१ महिना भित्र प्रदेशकाे नामंकन र राजधानी टुंगाे लगार्इन्छः मुख्यमन्त्री

बैशाख ३१, विराटनगर । १ महिना भित्र सहमतिमा नै नं १ नम्बर प्रदेशकाे नामंकन र राजधानी टुंगाे लगाउने मुख्यमन्त्री शेरधन राईले बताएका छन् । अार्इतबार विराटनगरमा नेपाल पत्रकार महासंघ १ नं. प्रदेशका पदाधिकारीकाे पदस्थापन कार्यक्रममा बाेल्दै मन्त्री मुख्य रार्इले साे कुरा बताएका हुन् ।

आउँदो जेठ महिनाभित्र सहमतिका आधारमा प्रदेशको नाम र राजधानीको टुंगो लगाउने गरी छलफल भइरहेको मन्त्री रार्इले जानकारी दिए । कार्यक्रममा बाेल्दै मुख्यमन्त्री राईले संघीयता असफल बनाउन र प्रदेश सरकारलाई असफल बनाउन विभिन्न चलखेल भइरहेको पनि बताए ।

मुख्यमन्त्री राईले विभिन्न संचारमाध्यामलाई कसैले बहकाउमा लागेर प्रदेशको राजधानी सर्दैछ भन्ने भ्रामक प्रचार गरेको प्रति आक्रोश व्यक्त गर्दै त्यसखालका बहकावमा नलागि सत्यतथ्य समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

पदस्थापनका अवसरमा बोल्दै नवनिर्वाचित १ नम्बर प्रदेश नेपाल पत्रकार महासंघका अध्यक्ष विक्रम लुईटेलले प्रदेशभरीका संचारमाध्याम र श्रमजीवि पत्रकारको हितमा आफू लाग्ने बताए ।

कार्यक्रममा १ नम्बर प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेल, नेपाली कांग्रेस १ नम्बर प्रदेशसभाका सचेतक केदार कार्की, विराटनगर महागरपालिकाका मेयर भीम पराजुलीलगायतले बोलेका थिए । पद स्थापन कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरिएकाे थियाे । महासंघकाे निर्वाचन गत बैशाख २२ गते सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *