उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ हट्दै, मुलुुक लोडसेडिङमुक्त हुँदै

काठमाडौं, बैशाख ३० । उद्योग क्षेत्रमा २ देखि ४ घण्टासम्म हुँदै आएको लोडसेडिङ सोमबारदेखि अन्त्य हुने भएको छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङको अन्त्य हुने बताएका छन् ।घिसिङले यो संगै अब मुलुक लोडसेडिङमुक्त हुने बताएका छन् ।

जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले घिसिङलाई वैशाखमै उद्योगमा रहेको लोडसेडिङ पनि हटाउन निर्देशन दिएका थिए । सोही अनुरुप वैशाखको अन्त्यमा आएर उद्योग क्षेत्रमा पनि लोडसेडिङ हटाएको घिसिङले जानकारी दिएका छन् ।

‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं, घिसिङले भने ‘अब मुलुक पूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।’

अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको घिसिङले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *