सुनकाण्ड : साँढे ३३ किलो सुनका मालिक को रहेछन ?

काठमाडौं, बैशाख ३० । विमानस्थालबाट हुने गरेको सुन तस्करीबारे अध्ययन गरिरहेको छानविन समितिले सुन तस्करीमा संलग्न चर्चित साँढे ३३ किलो सुनकाण्डका मालिक पत्ता लगाएको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको ‘सुन तस्करी छानविन समिति’ले साँढे ३३ किलो सुनको अबैध तस्करीका मालिक पत्ता लगाएको हो ।

छानविन समितिका अनुसार काठमाडौँबाट लुटिएको भनिएको सुनका मालिक सुनसरीको धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवाल रहेको खुलेको छ ।

अग्रवालले काठमाडौँको डिल्लीबजारमा बसी सुन तस्करीको धन्दा चलाउँदै आाएका थिए । अग्रवालको लगानीमा चुडामणि उप्रेती ‘गोरे’ लगायतका तस्करहरुले दुबईबाट थाई एयरलाइन्समार्फत सुन ल्याएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
सनम शाक्यको हत्याकाण्डपछि अग्रवाल काठमाडौँबाट भागेर भारतमा लुकेर बसेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरीले अग्रवालको खोजी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *