चिकित्सकमाथी हातपात भएको भन्दै बाँकेका अस्पतालमा सेवा ठप्प

नेपालगन्ज, साउन ३ । बाँकेका सरकारी तथा निजी अस्पतालमा सेवा ठप्प भएको छ । वरिष्ठ चिकित्सकमाथी हातपात र अस्पतालमा तोडफोड भएको भन्दै चिकित्सकहरुले मङ्गलवारदेखि बाँकेमा सम्पूर्ण सेवा बन्द गरेको घोषणा गरेका हुन् ।
नेपाल चिकित्सक सङ्घ भेरीले चिकित्सकलाई हातपातको प्रयास तथा दुव्र्यवहार र अस्पतालमा तोडफोड गर्ने विरुद्ध जिल्ला प्रशासनमा लिखित उजुरी दिएपनि कारबाही नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको जनाएको छ । घटनामा संलग्न सन्दिप सिंह, महेश खतिवडा, यादव बस्याल, कमल शाही लगायतलाई कारबाही गर्न सङ्घले माग गरेको छ ।
सङ्घले सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र निजी क्लिनिक बन्द गर्ने निर्णय गरेको हो । गएको असार २८ गते माँ जानकी अस्पतालमा डा. श्यामसुन्दर यादवमाथी हातपातको प्रयास तथा दुव्र्यवहार भएको र अस्पतालमा तोडफोड भएको चिकित्सक सङ्घले जनाएको छ । अन्य सेवा बन्द भए पनि आपत्कालीन सेवा भने सञ्चालन हुने सङ्घका सचिव आरके झाले बताए  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *