भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले पार्टी एकतामा ढिलाः पम्फा भुषाल

भक्तपुर, वैशाख २८ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी पार्टी एकता प्रक्रियामा ढिलाइ भएको बताएकी छिन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई पार्टीको एकता प्रक्रियामा ढिलार्इ भएको उनले दाबी गरेकी छन् ।

पार्टी एकताका विषयमा आपसी गृहकार्य भइरहेको र बाहिर आए जस्तो एमालेमा माओवादी र माओवादीमा एमाले विलय नभई सम्मानजनक ढङ्गले दुई पार्टी एकता हुने बताउँदै उनले पार्टी एकता संयोजन समितिले एकताका लागि आवश्यक तयारी गरिरहेको बताइन् ।

भुषालले पार्टी एकिकरणका विषयमा केही सञ्चार माध्यममा अध्यक्ष दाहालले भागबण्डाका बारे आएका समाचारहरू निराधार भएको प्रस्ट समेत पारेकी छिन् ।

कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले विगतमा जस्तै नभई यो सरकारले कूटनीतिक पाटोलाई देश र समयानुकूल बनाउँदै गएको उनको बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *