नेपालगंज उपमहानगरपालिकामा नगर कार्यपालिकाको गठन हुँदै

साउन २, नेपालगन्ज । नेपालगंज उपमहानगरपालिकामा नगर कार्यपालिकाको गठन हुँदैछ ।
५ जना निर्वाचित मध्येबाट महिला सदस्य र अन्य ३ जना गरी ८ सदस्यीय समितिका लागि आज भएको निर्वाचनमा १ सय १६ मत खसेको छ ।
निर्वाचनमा कांग्रेस,माओबादी,राप्रपा र संघिय समाजबादी फोरम बिच तालमेल भएको छ भने एमाले एक्लै निर्वाचनमा सहभागी भएको छ । कांग्रेसबाट सबन्ता जोशि, राप्रपाबाट ईन्दिरा शाहि र मन्जु बादी, माओबादीबाट सिमा कशौधन वैशयले नगरकार्यपालिकाका लागि उम्मेदवारी दिनु भएको थियो । यस्तै अन्यमा नेपाली कांग्रेसबाट देवेन्द्र पाल सिंह, माओबादीबाट देउमल सुनार र संघिय समाजबादी फोरमबाट कौशल कुमार धोविले उम्मेदवारी दिनु भएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ का अनुसार गाउँ कार्यपालिका तथा नगरकार्यपालिकाका महिला सदस्यका लागि सम्बन्धित गाउँ सभा वा नगर सभका सदस्यले आफु मध्येबाट गाउ कार्यपालिकाको हकमा सबै भन्दा बढी मत प्राप्त गर्ने ५ जना निर्वचित हुनेछन् । खजुरा पालिकामा यस अघि नै निर्विरोध निर्वाचन भईसकेको छ भने अन्य ५ वटा गाउपालिका र १ उपमहानरपालिकाको निर्वाचन सुरु भएको छ । कोहलपुर नगरपालिकामा भने साउन ४ गते निर्वाचन हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *