हौसला प्रदान गर्न कृषि कार्यालयमै तरकारी खेती

कैलाली, साउन ३ । जिल्ला कृषि विकास कार्यालय कैलालीले नाम सुहाउँदो कार्य आफ्नै कार्यालय परिसरमा गरेर देखाएको छ । अधिकांश सरकारी कार्यालय परिसरको जग्गा बाँझो रहेका बेला कृषि विकास कार्यालयले भने तरकारी खेती गरेको छ ।

कार्यालय परिसरमा रहेको तीन कट्ठा जमिनमा कार्यालयले तरकारी खेती गरेको हो । किसानलाई हौसला प्रदान गर्ने उद्देश्यले बाँझो रहँदै आएको जमिनमा तरकारी खेती गरेको सूचना अधिकारी एवम् कृषि प्रसार अधिकृत गौरीशङ्कर गुप्ताले जानकारी दिनुभयो । उहाँले थोरै लगानीमा पनि राम्ररी खेती गर्ने सकिने भनेर किसानलाई सन्देश दिनपनि तरकारी खेती गरेको बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयले लहरे विधिमा तरकारी खेती गरेको छ । कार्यालयमा दिनहुँ आउने किसानले तरकारी खेती हेरेर जाने गरेका छन् । करिब १५ हजार रुपियाँ मात्रै लगानी गरेर कृषि विकास कार्यालयले आफ्नो कार्यालय परिसरमा तरकारी खेती गरेको हो ।

भिन्डी, करेला, घिरौला, बोडी लगाएतका तरकारी कृषि कार्यालयको परिसरमा फलिरहेको छ । कृषि विकास कार्यालयले आफ्नै परिसरमा डेढ कट्ठा जमिनमा पोखरी खनेर माछा पालन समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *