मुसिकोट ५ आँपचौरमा ६ हजारभन्दा बढी बिरुवा रोपियो

गुल्मी, साउन ३ । गुल्मीको मुसिकोट नगरपालिका ५ आँपचौरमा वृक्षारोपण गरिएको छ । आँपचौरमा रहेको सिद्धेश्वर सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा शनिबार, आइतबार र सोमबार गरी ६ हजार एक सय बिरुवा रोपिएको वनका अध्यक्ष सुरेश गीरीले जानकारी दिनुभयो ।

मुसिकोट– ५, तथा साविकको आँपचौर ६ धुमीढावपाठा भन्ने ठाउँमा तेजपात, टुनी, अमला, सथेगा, बगाइनो लगायतका बिरुवा रोपिएको हो । बनजङ्गल हराउँदै जान थालेको भन्दै संरक्षणका लागि बिरुवा रोपिएको समितिले जनाएको छ । हरियो वन नभएसम्म प्राणीको अस्तित्व रहन नसक्ने भन्दै बिरुवाहरु रोपिएको अध्यक्ष गीरीले बताउनुभयो ।

जिल्ला वन कार्यालयको कार्यक्रम अन्तर्गत आर्थिक सहयोग तथा इलाका वन कार्यालयको प्राविधिक सहयोग वृक्षारोपण गरिएको समितिले जनाएको छ । आगामी दिनमा पनि थप योजनाका साथ वन संरक्षणका कार्यक्रमहरु गरिने अध्यक्ष गीरीको भनाइ छ । वनसंरक्षण, थप वृक्षारोपण, झाडी सरसफाइ लगाएतका कामहरु प्नि गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *