भूकम्प प्रभावितले अनुदान रकम २०७५ असारसम्ममा लिइसक्नुपर्ने

काठमाडौं, साउन ३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितले घर पुनर्निर्माणको अनुदान रकम २०७५ असारसम्ममा लिनैपर्ने जनाएको छ ।

भूकम्पबाट क्षति भएका घर पुनर्निर्माण अनुदान २०७५ असारपछि वितरण नगर्नेगरी प्राधिकरणले निर्णय गरेको हो । कानुनी अवरोध बाहेक घर पुनर्निर्माणका लागि ०७५ असारसम्ममा रकम लिइसक्नुपर्ने प्राधिकरणका सह प्रवक्ता भिष्मकुमार भुषालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *