जिल्ला समन्वय समितिको निर्वाचन प्रक्रिया शुरु

काठमाडौं, साउन ३ । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन प्रक्रिया शुरु गरेको छ । आयोगले पहिलो चरणमा निर्वाचन सकिएका जिल्लामा समितिको निर्वाचन गर्न निर्वाचन अधिकृत तोकेको छ ।

ती अधिकृतहरु आजदेखि कार्यक्षेत्रमा जांदैछन् । आयोगका प्रवक्ता सहसचिव सूर्यप्रसाद शर्माका अनुसार पहिलो चरणका ३४ मध्ये ३१ जिल्लामा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ । चितवन, नवलपरासी र रुकुममा निर्वाचन अधिकृत पछि तोकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *