एसियन युथ च्याम्पियनसीप छनोट फुटबलमा नेपालकाे लगातार दोस्रो हार

काठमाडौं, साउन ३ । एसियन युथ च्याम्पियनसीप छनोट फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । युनाईटेड अरब ईमाईरेट्स युएईमा सोमबार राति भएको खेलमा नेपाललाई उज्वेकिस्तानले २-० ले हराएको हो ।

यो हारसँगै नेपालको अर्को चरणमा पुग्ने संभावना सकिएको छ । पहिलो खेलमा आयोजक युएईसँग ५(० ले पराजित भएको नेपालको २३ वर्ष मुनिको राष्ट्रिय फुटबल टिम सोमबारको हारपछि समुहको अंक तालिकामा पुछारमा रहेको छ ।

नेपालले समुहको अन्तिम खेलमा बुधबार लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *