विवादास्पद डीएसपीको बढुवा सिफारिस

काठमाडौं, साउन ३ ।  प्रहरी प्रधान कार्यालयले बलात्कारपछि हत्या  घट्ना अनुसन्धानमा लापाबाही गरेको आरोप लागेको डीएसपी सञ्जीव शर्मा दासलाई एसपीमा बढुवाका निम्ति सिफारिस गरेको छ ।

दासमाथि कारवाही गर्न मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले दिएको रायसहितको सिफारिस भने प्रहरी प्रधान कार्यालयको कानुन् शाखामा थन्किएको छ ।

२०६८ माघ ५ मा रामेछापको साकि सैंपु गाविस १ सिरिसे, कवैटारकी १४ बर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्या भएको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *