जापानका वातावारण राज्यमन्त्री तादाहिको इतो भोलि नेपाल आउँदै

काठमाडौँ, २ साउन । जापानका वातावारण राज्यमन्त्री तादाहिको इतो नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा भोलि यहाँ आउँदै हुनुहुन्छ ।  जापान–नेपाल संसदीय मैत्री संघका अध्यक्षसमेत रहनुुभएका राज्यमन्त्री इतोले भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल–जापान संसदीय मैत्री संघका अध्यक्ष एवं नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, सांसद एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशी र नेपाल पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम रहेको यहाँस्थित जापानी राजदूतावासले जनाएको छ ।

यहाँ रहँदा राज्यमन्त्री इतोले ललितपुरस्थित पथप्रदर्शक माध्यमिक विद्यालयको पुनःनिर्माणको निरीक्षण तथा काठमाडौँ दरबार क्षेत्रमा बुधबार आयोजना हुने विपत्तपछिको भग्नावशेष व्यवस्थापनसम्बन्धी प्रारम्भिक बैठकमा भाग लिने कार्यक्रम रहेको पनि जापानी राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *