सबै मिलेर थारु समुदायको उत्थान गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

काठमाडौं, साउन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले थारुहरुको उत्थानमा सबैले मिलेर काम गर्नुपर्ने बेला आएको बताएका छन् । प्रधानमन्त्री देउवाले नयाँ संविधान समावेशी भएकाले थारुहरुको उत्थान हुँदै जाने विश्वास पनि व्यक्त गरे ।

सोमबार काठमाडौंमा नेपाल टेलिभिजनद्धारा निर्मित वृतचित्र ‘हामी थारु’ को सार्वजनिक गर्दै उनले थारु समुदायको उत्थान गर्न सरकार प्रतिवद्ध रहेको दावी पनि गरे । उनले थारु समुदाय संस्कृतिको धनी जाति भएको उल्लेख गर्दै उनीहरुको आर्थिक र शैक्षिक उन्नतिका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिए । प्रधानमन्त्री देउवाले भूमिहिन थारु समुदायलाई जग्गा उपलब्ध गराउने प्रयास सरकारले गर्दै आएको पनि स्मरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *