जिल्ला समन्वय समिति गठनको पहल गर्न एमालेको माग

काठमाडौं, असार २ । नेकपा एमालेले जिल्ला समन्वय समिति गठनका पहल गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठनमा अन्योल र ढिलाई भैरहेको भन्दै एमालेले आयोगको ध्यानाकर्षण गराएको हो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा आज निर्वाचन आयोग पुगेको टोलीले प्रमुख आयुक्त अयोधीप्रसाद यादव सहितका आयुक्तलाई भेटेर जिल्ला समन्वय समिति गठनका लागि आवश्यक निर्देशन दिन आग्रह गरेको हो । एमालेले निर्वाचन सम्पन्न भएका ६७ मध्ये ३१ जिल्लामा बहुमत ल्याएर एकल जिल्ला समन्वय समिति गठन गर्ने हैसियत बनाएको छ ।

अहिलेसम्म जिल्ला समन्वय समिति गठन नभएकोमा एमाले असन्तुष्ट बनेको हो । एमाले टोलीले २०७४ माघ ७ भित्र तीन वटै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वबाट सत्तापक्ष भाग्न खोजेको भन्दै सरकारलाई दबाब दिन निर्वाचन आयोगलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *